सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा निकुञ्जकै सरकारी गाडीमा काठ तस्करी !

२०७८ असार २०, ११:२५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै सरकारी गाडीमा अवैध रुपमा काठ ओसारपसार भइरहेको स्थानीयले फेला पारेका छन्। 

शनिबार निकुन्जको पूर्वी सेक्टर अर्जुनीको बा१झ ९७१० नम्बरको सरकारी गाडी काठ ओसार्दै गरेको अवस्थामा बेदकोट नगरपालिका–१ मा रहेको बैजनाथ मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुले नियन्त्रणमा लिएका थिए। 

उक्त विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निकुञ्जको गाडी भएकाले त्यो जानकारी आफूहरुलाई नभएको बताएको छ। उक्त घटनाको अनुसन्धान निकुञ्ज र वन गर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

 त्यसपछि दिनेश खबरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन मगरलाई उक्त विषयमा सोधेको थियो। उनले गाडीमा काठ फेला परेको सत्य भएको बताएका छन्। ‘उक्त काठ स्थानीयले गाडीमा ओसार्दै गरेको अवस्थामा फेला पारेको बताइरहेका छन्। तर निकुञ्जका कर्मचारीहरुले भने बेवारिसे अवस्थामा फेला परेको काठ आफूहरुले गाडीमा राखेर ल्याएको बताइरहेका छन्’ उनले भने। 

उनले गाडीमा फेला परेको काठ नभएर दाउरा भएको दाबी गर्दै उक्त घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस