सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीबाट डडेल्धुरा आउँदै गरेको जीप दुर्घटना, २ जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ असार २०, १०:४२ खबर संवाददाता

बैतडी: बैतडीमा जीप दुर्घटना भएको छ। जिल्लाको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  

उक्त दुर्घटनामा परी २ जनाको घटनास्थलमै मुत्यु भएको बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले बताए। 

साथै उक्त दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। अहिले प्रहरी चौकी ठाँटा र प्रहरी चौकी खोडपेबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरिरहेको छ।

घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस