कञ्चनपुर प्रहरीको डीएसपीमा न्यौपाने

२०७८ असार २०, १०:०१
धनगढी: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपाने आएका छन्।
उनले शुक्रबारबाट कञ्चनपुर प्रहरी प्रवक्ताको जिम्मेवारी वहन गरेका हुन्। प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीको अर्घाखाँची सरुवा भएपछि नयाँ डीएसपीको रुपमा न्यौपाने आएका हुन्।
न्यौपाने यसअघि प्रहरी प्रधान केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा कार्यरत थिए।


कमेन्ट लोड गर्नुस