दार्चुलामा पहिरोमा पुरिएर गाईवस्तु मरे
२०७८ असार २०, ०९:४८
धनगढी : दार्चुलामा शनिवार राति पहिरोमा पुरिएर गाईवस्तु मरेका छन्। जिल्लाको नौगाड गाँउपालिका वडा नम्बर ६ मा पहिरोमा परी गाईवस्तु मरेका हुन्।
स्थानीय नरबहादुर ठगुन्नाको घरमा पहिरो खस्दा गाईवस्तु मरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।
घटनास्थलमा प्रहरी टोली भर्खरै खटिएकोले विस्तृत विवरण आउन बाँकी छ।
कमेन्ट लोड गर्नुस