सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘खेलाडी खेतमा दुई दिन’ अभियान

। फोटो स्रोत ।
२०७८ असार १९, १०:५३ रासस

काठमाडौँः नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले  ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु गरेको छ। 

काठमाडौँको तारकेश्वर नगरपालिका, जितपुरफेदीमा आज धान रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियान थालनी भएको हो।

अभियानको शुभारम्भमा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व गृहमन्त्री खगराज अधिकारी, पूर्व उद्योगमन्त्री कर्ण थापा र पूर्वखेलकूदमन्त्री दावा लामा, महासंघका अध्यक्ष रमेश पौडेललगायत नेता सहभागी रहेका थिए।
 

कमेन्ट लोड गर्नुस