सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला प्रहरीले महाकालीमा लगायो १२ सय विरुवा

२०७८ असार १९, ०६:१६ खबर संवाददाता

धनगढी: जिल्ला प्रहरी कार्यालय दार्चुलाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत महाकाली नगरपालिकामा जिल्ला प्रहरी कार्यालय दार्चुलाले वृक्षारोपण गरेको हो। 

नगरपालिकाको वडा नम्बर ४ मा रहेको दशरथ नगर सामुदायिक वनमा १२ सय बोट विरुवा लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। 

प्रमुख जिल्ला अधिकारी, वनका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायतको सहभागितामा वृक्षारोपण गरिएको हो। 

वृक्षारोपण गर्ने अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालयले हालसम्म जिल्लामा ३२ विरुवा लगाइसकेको बातएको छ।  
 

कमेन्ट लोड गर्नुस