सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ‘सुन्तला जोन’ कार्यक्रम लागु हुने

२०७८ असार १९, ०२:५१ खबर संवाददाता

दार्चुला: दार्चुलामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रम लागु हुने भएको छ। सुन्तलाका लागि उपयुक्त मानिने दार्चुलाको हिमाली क्षेत्रमा उत्पादनलाई वृद्धि गदै व्यवसायीकरण गराउन ‘सुन्तला जोन’ कार्यक्रम लागु गरिने भएको हो।

जिल्लामा ५० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने भएपछि कार्यक्रम लागू गरिने भएको प्रधानमन्त्री कृषि आधुनिकी करण परियोजनाका निमित्त कार्यालय प्रमुख विष्णुप्रसाद ओझाले जानकारी दिए। ‘सुन्तला जोन’ परियोजनाका लागि प्रारम्भिक चरणको कार्य थालिएको ओझाले बताए।

महाकाली नगरपालिकाको १, ३ र ६ नम्बर वडाहरुमा उक्त कार्यक्रम लागु हुने बताइएको छ। यस्तै दुहुँ गाउँपालिकाको १, ३ र ४, मालिकार्जुन गाउँपालिकाकाको४, ५ र ८, लेकम गाउँपालिकाको ४र ५, र व्यासँ गाउँपालिकाको ६ नम्बर वडामा अगामी आर्थिक वर्षबाट  सुन्तला जोन कार्यक्रम संञ्चालन हुने जनाईएको छ।

यस्तै कार्यक्रमले नर्सरी र सिचाई निर्माणसमेत गरिने जनाएको छ।

कमेन्ट लोड गर्नुस