सुदूर नेपाललाई विश्वसँग जोड्दै

पिसाब पिउनाले स्वास्थ्य राम्रो हुने भारतीय योग प्रशिक्षकको दाबी, डाक्टर के भन्छन् ?

२०७८ असार १९, १२:४५ खबर संवाददाता

एजेन्सी:  एक भारतीय योग प्रशिक्षकले आफ्नै पिसाब पिउनाले स्वस्थ्य राम्रो बन्ने दाबी गरेकी छिन्। योग प्रशिक्षक केली ओकलीले पिसाब पिउनाले आफूलाई थाइराइडको बिरामी र लामो दुखाइबाट छुटकारा मिलेको बताएकी छिन्।

त्यस्तै उनले पिसाब पिउनाले प्रतिरक्षा पुनस्र्थापना हुने र छालाको लागि पाि राम्रो हुने बताएकी छिन्। त्यसका लागि पिसाबले भिजेको कपडाले पुरै अनुहार सफा गर्दा छाला चमकदार हुने उनले दाबी गरेकी छिन्।

यस्तै क्यानडाको अलबर्टाकी ४६ वर्षीया लेह साम्पसनले पनि पिसाब पिउन थालेपछि आफ्नो तौल घटेको दाबी गरेकी छिन्।

तर डाक्टरहरूले भने पिसाब पिउनु स्वास्थ्यको हानिकारक भएको बताएका छन्।  डाक्टर जुबैर अहमदले पिसाबमा ब्याक्टेरिया जीवाणु हुने भएकाले मानिस उल्टो बिरामी हुनसक्ने बताएका छन्। 

यस्तै अर्का डाक्टरले पिसाब पिउनाले फ्याँकिएको विकार तत्व पुनः मानिसको शरीरमा गई त्यसले शरीरलाई हानि पार्न पार्ने दाबी गरेका छन्।

कमेन्ट लोड गर्नुस