सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सडक निर्माणका नाममा जथाभाबी डोजरको प्रयोग, बाढीपहिरोको उच्च जोखिम

२०७८ असार १९, १२:२५ खबर संवाददाता

धनगढी: बाजुरामा सडक निर्माणका नाममा जथाभाबी डोजरको प्रयोग बढ्दो छ। बढ्दो डोजरको प्रयोगले बाजुराका अधिकांश बस्तीहरु प्राकृतिक विपद्को जोखिममा परेका छन्।

जथाभाबी डोजरको प्रयोगले जिल्लाको बडिमालिका नगरपालिका ९को अनाई र झराउले गाउँ नै बाढीपहिरोको उच्च जोखिममा परेको छ। लगातारको वर्षा र डोजरले जथाभाबी सडक खनेपछि कमजोर जमिन भाँसिदा बस्ती नै जोखिममा परेको हो।

जमिन भाँसिदा स्थानीय संकटमा परेका छन्। गाउँमाथिबाट पहिरो आउने खतरा बढेको छ। अनाई बस्तीका १२ र झराउलेका ८ घरपरिवार हाल रातभर जाग्राम बस्नपर्ने बाध्यता आईपरेको एक स्थानीय जया चदाराले जानकार्री दिए।

मार्तडी कोल्टी सडक निर्माण गर्दा डोजर लगाईएको र लगातारको वर्षाका कारण कमजोर जमिन भासिँएर सडकको माटो, ढुंगा गाँउमा पसेपछि बस्ती नै जोखिममा परेको उनले बताए। सडक निर्माण कम्पनीलाई सडक खनेको ढुंगा र माटोलाई बस्ती जोखिममा नपर्ने गरि फाल्न अनुरोध गरेपनि वेवास्ता गरिएको अर्का स्थानीय मन्धरी सुनारले बताईन्। 

सरकारले सुरक्षित ठाउँमा बस्ती व्यबस्थापन गर्नुपर्ने उनीहरुको माग छ। यता जिल्ला प्रशासन कार्यालय बाजुराले भने आवश्यक क्षतिपुर्तिको ब्यवस्था मिलाईने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस