सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ धनगढी एभरेष्टद्वारा स्वास्थ्य सुरक्षाका सामग्री र खाद्यान्न वितरण

२०७८ असार १९, ११:१८ खबर संवाददाता

धनगढी : लायन्स क्लब अफ धनगढी एभरेष्टले स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको छ। संदेश नेपाल पुर्नस्थापना केन्द्रलाई स्वास्थ्य सुरक्षाका सामग्री मास्क, सेनिटाइजरसँगै बिहानको खाजा स्वरुप दही जेरी र समोसा वितरण गरिएको हो।

क्लबका सम्पूर्ण पदाधिकारीहरुको सहभागितामा उक्त सामाग्री वितरण गरेको लायन्स क्लब अफ धनगढी एभरेष्टका अध्यक्ष सञ्जिता कुँवरले बताइन्।

फस्ट भीडीजी एमजेफ सिबी चन्द प्रमुख अतिथी रहेको कार्यक्रममा डिस्ट्रिक चिफ लायन कैलाश दाहाल, डिस्ट्रिक डिपुटी चिफ चेतराज पनेरु, एरिया चिफ राजेश भाट, क्लबका सचिव दिपेन्द्र खड्का, कोषाध्यक्ष अमिता कुँवर लगायतको सहभागिता रहेको थियो।

संदेश नेपाल पुर्नस्थापना केन्द्रले सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ।

कमेन्ट लोड गर्नुस