सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भेरोसेल खोपको दोस्रो मात्रा असार २२ देखि लगाइने

२०७८ असार १९, ०९:१० खबर संवाददाता

धनगढी: बैतडीमा भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाइने भएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाका नागरिकलाई असार २२ गते कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा लगाइने भएको हो।

यस्तै मेलौली नगरपालिकाका नागरिकलाई असार २३ गते, पाटन नगरपालिका, पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाका नागरिकलाई असार २५ गते, सिगास र सुर्नया गाउँपालिकाका नागरिकलाई असार २६ गते र पुर्चौंडी नगरपालिकाका नागरिकलाई असार ३१ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

बैतडीमा करिब ३ हजार नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएक बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस