सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्युत सेवा अवरुद्ध

२०७८ असार १९, ०७:२७ खबर संवाददाता

धनगढीः धनगढीमा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको छ।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र अन्तरगतका ३ वटा फिडरमा विद्युत सेवा अवरुद्ध भएको हो। भन्सार, राजपुर र मनहेरा फिडरमा भने विद्युत सेवा सुचारु भएको छ। 

वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीका अनुसार शुक्रबार रातिको वर्षसँगै आएको हावाहुरीका कारण विभिन्न स्थानमा क्षति हुँदा विद्युत सेवा अवरुद्ध भएको हो।

प्राधिकरणको तीन समूह विद्युत लाइन मर्मतको काम गरिरहेको उनले बताए। अबको आधा घण्टाभित्रै अवरुद्ध विद्युत सेवा सुचारु हुने वितरण केन्द्र प्रमुख चौधरीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस