सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अबैध काठ चोरी निकासी मुद्धाका फरार प्रतिबादी पक्राउ

२०७८ असार १८, ०५:३४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले अबैध काठ चोरी निकासी मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ। असार १७ जिल्ला प्रहरी कार्यालय कार्यालयबाट खटिएको प्रहरी टोलिले आरक्ष भित्र प्रबेश गरी अबैध काठ चोरी निकासी मुद्धाका फरार प्रतिबादीलाई  पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका १८ एर्पोट बस्ने सुरेन्द्र भन्ने सुरेश भण्डारी रहेका छन्। उनलाई कञ्चनपुर जिल्ला अदालतबाट निजलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिद्ध राज न्यौपानेले बताए।

कमेन्ट लोड गर्नुस