सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विकासको नाममा भ्रष्ट्राचार, जनप्रतिनिधिको मनपरी

स्थानीयको विरोधको वेवास्ता

२०७८ असार १८, ०४:१० खबर संवाददाता

धनगढीः बैतडीमा विकासको नाममा चरम भ्रष्ट्राचार भएको पाईएको छ। जिल्लाको सिगास गाउँपालिकामा सडक निर्माणका नाममा भ्रष्ट्राचार गरिएको पाईएको हो।

सिगास गाउँपालिकाको वडा नम्बर ९मा विकास निर्माणका योजनामा जनप्रतिनिधिको मनपरी मौलाएको स्थानीयको आरोप छ। सिगास ९मा रहेको निर्माणाधिन श्रीभावर–गर्जे सडक निर्माणमा भ्रष्टा«चारसमेत भएको आरोप उनीहरुले लगाएका छन्। 

सडक निर्माण गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डको समेत वेवास्ता गर्दै वडा अध्यक्ष लक्ष्मी चन्दले व्यक्तिगत जग्गासँगै सार्वजनिक तथा वन क्षेत्रमा डोजर चलाएको गुनासो गरिएको छ। श्रीभावर–गर्जे सडक निर्माण गर्दा स्थानीय तहले बजेट व्यवस्थापन गरेको तथा वडा कार्यालयले अध्ययन विना नै सडक निर्माण गर्न खोज्दा स्थानीयहरुले विरोध जनाएका थिए। तर, स्थानीयको विरोधको समेत वेवास्ता गरेर मनोमानी ढंगले काम गरेको आरोप लगाइएको छ।

सिगासमा विकास गर्दा त्यसको असरहरुको बारे अध्ययन, क्षति न्यूनिकरणका सिद्धान्त तथा वातावरणिय प्रभाव बारे अध्ययन नै नगरी सडक खन्ने काम भएको स्थानीय प्रकाश चन्दले दिनेश खबरलाई बताए।

‘विकास निर्माण गर्नुभन्दा पहिले अध्ययन, अनुसन्धान, वातावरणिय अध्ययन, क्षतिपूर्ति, मुआब्जा, विस्थापित हुन आएमा विस्थापितको व्यवस्थापन जस्ता कुराको सुनुवाइ समेत भएको छैन।, चन्दले भने, ‘सडक खन्दा  लाखौँ भ्रष्ट्राचार समेत गरिएको छ।’

श्रीभावर–गर्जे सडक निर्माणमा जग्गाको मुआब्जा नदिएको स्थानीयले गुनासो गरेका छन्। हरेक वर्ष आउने बजेटमा वडा अध्यक्ष लगायतले चरम भ्रष्ट्राचार गर्ने गरेको आरोप लाग्ने गरेको भएपनि छानविनका लागि गाउँपालिका, सब–डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, बैतडी, राष्ट्रिय सतर्कता केन्द्र तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको भएपनि पनि कहि कतैबाट सहयोग नपाएको चन्दले गुनासो गरे।

श्रीभावर–गर्जे सडकमा २०७५ देखि सडक खन्न सुरु गरिएको र अहिलेसम्म १ करोड ७० लाखभन्दा बढी खर्च गरिएको दाबी चन्दले गरेका छन्। यस विषयमा वडा अध्यक्ष लक्ष्मी चन्द र गाउँपालिका अध्यक्ष हरिसिंह धामीसँग सम्पर्क गर्न खोज्दा फोन उठेन।

कमेन्ट लोड गर्नुस