सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा तलब नपाएपछि शिक्षक आन्दोलित, रामारोशन गाउँपालिकामा तालाबन्दी

२०७८ असार १८, १२:५९ खबर संवाददाता

अछाम: अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ। शिक्षक संर्घष समितिले गाउँपालिकाको कार्यालय र पालिकाको शिक्षा विकास शाखामा बिहिबार ताला लगाइएको हो।

बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरूले पाउने तलब गाउँपालिकाले नदिने भनेपछि गाउँपालिकामा ताला लगाइएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिईन्। बाल विकास केन्द्रका शिक्षकलाई पालिकाले ७ हजार तलब दिनु पर्ने संघिय सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। तर, रामारोशन गाउँपालिकाले भने रकम नभएको भन्दै बाल विकास केन्द्रमा अध्यापन गराइरहेका शिक्षकलाई तलब नदिने बताइरहेको छ।

संघिय सरकारले बाल विकास केन्द्रका शिक्षकहरूको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर १५ पु¥याएको छ। लगातारको माग र छलफल पछि पनि गाउँपालिकाले दिनु पर्ने तलब नदिए पछि बाध्य भएर तालाबन्दी गरिएको संर्घष समितिका अध्यक्ष खत्रीको भनाई छ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले भने गाउँपालिका चरम आर्थिक सङ्कटमा रहेकाले तत्काल शिक्षकको समस्या समाधान गर्न नसकिने बताएका छन्।


 

कमेन्ट लोड गर्नुस