सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा खोलाले पसल बगायो

२०७८ असार १८, १२:३२ खबर संवाददाता

बाजुरा: बाजुरामा बिहीबार राति आएको वर्षाका कारण बाम्का बजारका दुई पसल बगेका छन्। राति आएको अविरल वर्षाले जिल्लाको बुढीगंगा नगरपालिका –६ स्थित बाम्का बजारका दुई वटा पसल बगाएको हो।

बजार छेउमै रहेको छडा खोलाले कटान गर्दा त्रिवेणी नगरपाललिका लोकेश नाथ र मन थापाको पसल बगेको प्रहरीले जनाएको छ। नाथले होटेल र थापाले ग्यारेज पसल सञ्चालन गर्दै आएका थिए। बजारका एक दर्जन बढी पसलमा क्षती भएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस