बैतडीमा संयुक्त विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
धनगढी: बैतडीमा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।
जिल्लाको सतबाँझमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघ बैतडीले जनाएको छ। उनीहरुले आन्दोलनका केन्द्रीय कार्यक्रमअनुसार बिहीबार साँझ पुत्ला दहन गरेको बताएका छन्।
नेपाल विद्यार्थी संघ, नेपाल समूहको अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरु आन्दोलन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले असंवैधानिक कार्यहरु गरिरहेकाले आन्दोलन गरिरहेको उनीहरुको भनाइ छ।