वर्षाले बगायो बाजुराको बाम्का बजारका २ पसल

२०७८ असार १८, १०:४०
धनगढी: बाजुरामा बिहीबार राति आएको वर्षाका कारण बाम्का बजारका दुई पसल बगेका छन्।
राति आएको अविरल वर्षाले जिल्लाको बुढीगंगा नगरपालिका -६ स्थित बाम्का बजारका दुई वटा पसल बगाएको हो।
बजार छेवैका रहेको छडा खोलाले कटान गर्दा त्रिवेणी नगरपाललिका लोकेश नाथ र मन थापाको पसल बगेको प्रहरीले बताएको छ।
नाथले होटेल र थापाले ग्यारेज पसल सञ्चालन गर्दै आएका थिए। बजारका एक दर्जन बढी पसलमा क्षती भएको बताइएको छ।


कमेन्ट लोड गर्नुस