सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कलेजो खराब भएकी महिलाको उपचारका लागि सहयोगको अपील

२०७८ असार १७, ०८:२३

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बाँणीकी ५० वर्षीया हरिना देवी शाहको उपचारको लागि सहयोगको अपील गरिएको छ।

कलेजो खराब भइ प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक सहयोगको याचना गरिएको हो। मृत्युसँग लडिरहेकी शाहको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको भन्दै सहयोगको लागि अपील गरिएको हो।  

उनको कलेजो प्रत्यारोपण गर्न ४० देखि ५० लाख खर्च लाग्ने भएकाले आर्थिक अभावले उनको उपचार हुन सकेको छैन। 

सहयोग गर्न चाहनेहरूले मानबहादुर चन्द (९८४८९०३९०८), जनक सिंह ठकुरी (९८४८७७२३१८), पीडित महिलाका छोरा सुरेन्द्र बहादुर शाह (९८४८८२४२४२) लाई सम्पर्क गर्न सक्नेछन् भने, एभरेष्ट बैंक लिमिटेडको खाता नम्बर ०११००५०१२२५४२८ मा सोझै पैसा जम्मा गर्ने सक्नेछन्।

त्यस्तै ई-सेवाको आईडी ९८१५६४५५८० मा पनि रकम पठाउन सक्नेछन्। 

कमेन्ट लोड गर्नुस