सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

२०७८ असार १७, ०६:२६ खबर संवाददाता

धनगढी: ईलाका प्रहरी कार्यालय कोहलपुरले पाटेबाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो १ः४५ बजेको समयमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुर स्थित सडकमा दुर्लभ वन्यजन्तु पाटेबाघको छाला ल्याउदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो।

विषेश सूचनाको आधारमा ईलाका प्रहरीबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरि नियन्त्रणमा लिएको छ।

मेल्लेख गाउँपालिका ३ का वर्ष २७ का डम्बर बुढा र रामारोशन गाउँपालिका वडा ५ का वर्ष ३५ का नन्दु बुढालाई बाघको छालासहित नियन्त्रणमा लिएको ईलाका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए।

उनीहरुले बोकेको झोलाको खानतलासी गर्दा दुर्लभ वन्यजन्तु पाटेबाघको थान २ छाला बरामद गरि आवश्यक अनुसन्धान भईरहेको डिएसपी खनालले बताए।

कमेन्ट लोड गर्नुस