कञ्चनपुुरमा भेटियो ३ मिटर लामो अजिङ्गर

२०७८ असार १७, ०५:५७
कञ्चनपुुर: कञ्चनपुरमा ३ मिटर लामो अजिङ्गर फेला परेको छ। जिल्लाको दोधाराचाँदनी नगरपालिका–१ गौरीशंकर सामुदायिक वन नजिकै उक्त अजिङ्गर सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो।
उक्त फेला परेको अजिङ्गरलाई उद्वार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।


कमेन्ट लोड गर्नुस