सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पताल र कलेज भवनकोे ६० प्रतिशत भौतिक प्रगति

२०७५ कार्तिक १५, १०:४४ सीताराम ओझा

कैलालीको गेटा मेडिकल कलेजमा आवश्यक विभिन्न भौतिक संरचनाहरु निर्माणको काम जारी रहेको छ । अघिल्लो वैशाखदेखि निर्माण सुरु गरिएका कलेज र अस्पताल अभवनको निर्माणको काम ६० प्रतिशत सकिएको छ । दुवै भवन अवको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तीनसय शैयाको अस्पताल भवनलाई भने ५ सय शैयाको बनाउनका टेण्डर खोलिएकोमा अहिले मुल्यांकनको काम भईरहेको छ । लामो समयसम्म विवादमा रुम्लिएको प्रशासनिक भवनसँगै पछि टेण्डर गर्दै सम्झौता गरिएका छात्रावास र आवास भवनको निर्माणको काम भने न्युन नै रहेको छ । लामो समयको विवाद र रस्साकस्सीपछि २०७४ को वैशाखदेखि भौतिक संरचना निर्माणको काम सुरु भएको मेडिकल कलेजमा अस्पताल र कलेजको भवन निर्माणको काम आधाभन्दा वढी सकिएका हुन् । ढाई तले कलेज भवनको ६० प्रतिशत निर्माणको काम सकिएको ५८ करोड १४ लाखमा ठेक्का पाएर निर्माण गरिरहेको लुम्बीनी–रमन–केएस जेभीले जनाएको छ । डेढ वर्षदेखि निर्माण काम थालिएकोमा अव वाँकी रहेको समय अवधिमा भवनको निर्माण सम्पनन गर्ने लक्ष्य राखेको लुम्बीनी–रमन–केएस जेभीका एक जना सञ्चालक भीमवहादुर पालले बताए । 

यस्तै तीन सय शैयाको अस्पताल भवनको निर्माण कामले पनि गति लिईरहेको छ । ४ करोडमा ठेक्का पाएर निर्माणको काम गरिरहेको शर्मा राजेन्द्र कुमार जेभीले पनि अस्पताल भवनको ६० प्रतिशत काम पुरा गरेको जानकारी दिएको छ । ढाई तले भवनको संरचनाहरु सवै एक महिनामा तयार हुने र एक वर्षको अवधिमा भवन निर्माण सकेर हस्तान्तरण गर्ने लक्ष्य राखिएको शर्मा÷राजेन्द्र÷ कुमार जेभीका प्रोजेक्ट म्यानेजर सुनिल पौडेलले बताए । सवैभन्दा पहिले टेण्डर भएर पनि अस्पताल र कलेज भवनपछि निर्माण थालिएको प्रशासनिक भवनको निर्माणको कामले गति लिन सकेको छैन् । १३ करोडमा प्रशासनिक भवनको ठेक्का पाएर निर्माण गरिरहेको रविना कन्सट्रक्सनले ३० प्रतिशत भौतिक प्रगति भएको वताएको छ । विचमा विभिन्न समस्याले निर्माणलाई गति दिन नसकेको चैतसम्ममा निर्माण अवधि रहेको भएपनि यो भने सो अवधिमा सम्पन्न हुन मुस्किल देखिएको छ । तर अवको एक वर्षपछि निर्माणको काम सम्पन्न गर्ने रविना कन्सट्रक्सनका ईन्जिनियर नवीन भण्डारीले बताए । 

मेडिकल कलेज रहेको स्थान गेटामा तीन सय शैयाको अस्पताल भवन, तीन तलाको २ वटा कलेज भवन, दुई वटा छात्रावास भवन, ८ वटा आवास भवन र प्रशासनिक भवनको निर्माण भईरहेको छ । त्यसमा ढिलो गरी निर्माणको काम थालिएको छात्रावास र आवास भवनको प्रगति भने त्यहाँ निर्माण भईरहेका अन्य संरचनाभन्दा कम रहेको छ । लुम्बीनी–रमन–केएस जेभीकासञ्चालक भीमवहादुर पालले जानकारी दिए । मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिले अहिलेसम्म गरिएको निर्माणको कामलाई सन्तोषजनक भनेको छ । निर्माण भईरहेका संरचनाहरुमा कुनै बाधा नरहेको अवस्थामा थप संरचना निर्माणका लागि पनि टेण्डर भएर मुल्याकंनको प्रक्रियामा रहेको मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस