सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्याक्टर दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

२०७८ असार १७, १२:०८ खबर संवाददाता

अछाम: अछाममा बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु भएको छ। बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन नजिकै बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा घाइते भएका २४ बर्षीय सहचालक खकेन्द्र बोहराको मृत्यु भएको हो।

गाउँपालिकाको केन्द्र जयगढ बजारबाट वडा नम्बर ४ तिमिल्सैन तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब ७ बजे दुर्घटनामा परेको थियो।

दुर्घटनामा परि गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएकोमा बोहराको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि घाइते भएका पूर्ण ठकुल्लाको उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस