सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ४ जना फरार प्रतिवादी पक्राउ

२०७८ असार १७, ११:३२

कञ्चनपुर: कञ्चनपुर प्रहरीले विभिन्न मुद्दाका  ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

जीउ मास्ने बेच्ने मुद्दाका एक फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुर्नवास नगरपालिका–८ का हर्कबहादुर धामी रहेका छन्। जिल्ला अदालतले २०५४ चैत २० गते उनीलाई १५ दिनको कैद सजाय सुनाएको थियो। 

त्यसपछि फरार रहेका धामीलाई बुधबार पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेश गराइएकोमा अदालतले निजलाई कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

यसैगरी मानव बेचबिखन मुद्धामा ५० हजार जरीवाना भई फरार रहेका भीमदत्त नगरपालिका–१८ बस्ने यादव पाण्डे पनि पक्राउ परेका छन्। पक्राउपछि उनलाई अदालतमा उपस्थित गराई जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले बताए। 

यस्तै जालसाँच मुद्धामा ३७ हजार ५ सय जरीवाना भई फरार रहेका कृष्णपुर नगरपालिका–४ का चन्द्रबहादुर साउँद र सार्वजनिक मुद्धामा ३ सय जरीवाना भई फरार रहेकी बैतडीकी लक्ष्मी चन्दलाई समेत पक्राउ गरिएको छ। 

दुवैलाई पनि अदालतमा उपस्थित गराई जरीवाना असुल गरिएको प्रहरी निरीक्षक बमले बताए। 


 
 

कमेन्ट लोड गर्नुस