सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल दार्चुलाले ल्यायो ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम

२०७८ असार १७, ०६:०० खबर संवाददाता

धनगढी: जिल्ला अस्पताल दार्चुलाले ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा ल्याएको छ।

अस्पतालले दुर्गम बस्तिका स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिन ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा ल्याएको हो। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्लाका स्थानीय तहहरूमा सो कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ।

जिल्ला अस्पतालका अनुसार अस्पताल पुग्न कठिनाइ हुने गरेका ग्रामीण क्षेत्रवासीका लागि गाउँघरमै पुगेर स्वास्थ्य सेवा दिने द्येयले कार्यक्रमको आयोजना गरिएको हो। उक्त कार्यक्रम चालू आर्थिक वर्षको चैतमा सुरु हुने भनिएको भएता पनि कोरोना भाइरसको महामारीका कारण अहिले सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।

जिल्लाको अपिहिमाल, मार्मा, नौगाड, व्याँस र दुहुँ गाउँपालिकामा सो कार्यक्रम सञ्चालन भइसकेको छ भने बिहीबार महाकाली नगरपालिकामा सञ्चालन गरिने बताइएको छ।

कमेन्ट लोड गर्नुस