सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दुई महिनापछि चले सार्वजनिक सवारी साधन

२०७८ असार १६, १२:१७ खबर संवाददाता

बैतडी: बैतडीमा करिव दुईमहिना पछि सार्वजनिक सवारी साधन चलेका आएका छन्। निषेधाज्ञा जारी भएको करिव दुईमहिना पछि मात्रै सार्वजनिक सवारी साधन चलेका हुन्।

निषेधाज्ञा जारी भएपछि सार्वजनिक सवारी साधन बन्द भएका थिए। बन्द सवारी बुधबारदेखि सञ्चालनमा आएका हुन्। स्थानीय प्रशासनले निषेधाज्ञामा थप खुकुलो पारेसंगै जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन भएका हुन्। सीट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने गरी जिल्लाभित्र सवारी साधन सञ्चालन गर्ने दिने निर्णय भए अनुसार यातायातका साधन सञ्चालनमा आएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। 

सार्वजनिक सवारी साधन सञ्चालनमा आएपछि कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रहसमेत  गरेका छन्। 

कमेन्ट लोड गर्नुस