सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा कोदो दिवस मनाइँदै

२०७८ असार १६, ११:३९ खबर संवाददाता

धनगढी: अछाममा कोदो दिवस मनाइँदै छ। कोदोको संरक्षण र प्रवद्र्धनका निम्ति जिल्लाको चौरपाटी गाउँपालिकाले बुधबार कोदो दिवस मनाउने भएको हो।

कोदो उत्पादन हुने सो गाउँपालिकाले गत वर्षदेखि यो दिवस मनाउने गरेको बताइएको छ। ‘फलेको कोदो, कुटेको धान’ नामक कार्यक्रम ल्याएको गाउँपालिकाले यस कार्यक्रम अन्तर्गत किसानले उब्जाएको कोदो संकलन गरी सो बराबर चामल दिने जनाएको छ।

कमेन्ट लोड गर्नुस