सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्याक्टर दुर्घटना, पाटन र कैलालीका दुइ जना घाइते

२०७८ असार १५, ०३:५१ खबर संवाददाता

बैतडी: बैतडीमा सडक मर्मतको काम गरिरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पाटन नगरपालिका ४ ठाँड नजिकै सडकको नालीमा ट्याक्टर पल्टिएएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पाटन तर्फ गईरहेको सुपप्र ०१००२ त ५३३५ नम्बरको ट्याक्टर सडक नालीमा पल्टिँदा बैतडीको पाटन नगरपालिका ४ का २७ बर्षीय सीता महरा र कैलालीको चुरे गाउँपालिका ५ खानीडाँडाका २३ बर्षीय गगन राना घाइते भएको बैतडी प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। 

घाइते दुवैलाई उपचारका लागि धनगढी ल्याइदै छ भने ट्याक्टर चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। ट्याक्टर मंगलबार दिउँसो ३ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस