सुदूर नेपाललाई विश्वसँग जोड्दै

दही चिउरा खानुका फाइदाहरु

२०७८ असार १५, १२:१३ खबर संवाददाता

धनगढी: आज असार १५ अथार्त दही चिउरा खाएर धान दिवस मनाउने दिन। आजबाट रोपाइ सुुरु गरि दही चिउरा खाजाको रुपमा खाने चलन रहेको छ। दही चिउरा स्वास्थ्यका लागि निकै फाइदाजनक छ। दही चिउरामा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन हुन्छ।

चिउरा खाँदाको फाइदाहरू
– चिउरामा कार्बोहाइड्रेड भएकाले यसले शक्ति प्रदान गर्दछ ।
– चिउरामा आइरनको मात्रा बढी हुन्छ ।

दही खानुका फाइदा
– दही सेवन गर्दा रोगसँग लड्ने क्षमता बढाउँछ ।
– दहीमा बनाउने ल्याक्टोब्यासिलस ब्याक्टोरिया प्राचन प्रक्रियामा सहयोग गर्दछ ।
– दहीको सेवन गर्दा ठूलो आन्द्रा क्यान्सरको समस्या, ग्यास्ट्रिकको समस्या तथा अल्सर हुुने समस्याबाट पनि जोगाउने काम गर्दछ ।
– दहीको नियमित सेवनले हड्डी कमजोर हुने समस्यालाई कम गर्छ ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गरे यसले पखाला नियन्त्रण गर्छ ।
–दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ ।

कमेन्ट लोड गर्नुस