सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा निषेधाज्ञा खुकुलो पारिने

२०७८ असार १४, ०५:५७ खबर संवाददाता

धनगढी: बैतडीमा निषेधाज्ञा खुकुलो पारिने भएको छ। जिल्लामा असार १५ गतेसम्मका लागि निषोज्ञा जारी गरिएको छ।

१६ गतेबाट जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताइएको छ। तर यातायातका साधन सञ्चालन गर्दा चालक र सहचालकको अनिवार्य एन्टिजेन परीक्षण गरिने जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै व्यापारव्यावसाय बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्ने र व्यापारीहरुले पनि १५ औं दिनमा कोरोना परीक्षण गर्नुपर्ने निर्णय गरिएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस