सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार मसान्तभित्र ‘डिम्याट’ खाता नवीकरण गर्नुपर्ने, नत्र हुनेछ फ्रिज

२०७८ असार १४, ०३:३२ खबर संवाददाता

काठमाडौं: डिम्याट खाता यहि असार मसान्तभित्र नवीकरण गर्नुपर्ने भएको छ।

निक्षेप सदस्यहरुले असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन्। ग्लोबल आइएमई क्यापिटल, सिद्धार्थ क्यापिटल र  एनआइबिएलएस क्यापिटलले यस्तो सूचना जारी गरेका हुन्। 

निक्षेप सदस्यकोमा गएर खाता नवीकरण गर्न सकिनेछ। प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले यस्तो खाता नवीकरण गरिदिने गरेका छन्। 

हालसम्म देशभर ३५ लाख ५७ हजारले डिम्याट खाता खोलेका छन्। 

कमेन्ट लोड गर्नुस