सुदूर नेपाललाई विश्वसँग जोड्दै

मासिक पौने दुई लाखको जागीर छोडेर रेष्टुरेन्ट सञ्चालन

२०७५ कार्तिक १३, ०४:२४ सीताराम ओझा

माासिक सवा एक लाख भारतीय रुपैयाँ अर्थात नेपाली एक लाख ८४ हजार रुपैयाँको जागीर छोडेर घर फर्किदै धनगढीको चटकपुरमा खानाका बिज्ञले रेष्टुरेन्ट सञ्चालन गरेका छन् । नरेन्द्र विक्रम चन्दले भारतमा २० बर्ष होटेल तथा रेष्टुरेन्टमा काम गर्दै आफ्नै ठाउँमा फर्केर त्यहाँ सीकेको सीप सदुपयोग गरेका हुन् । कैलालीको चौमला घर भएर हाल धनगढीकाे चटकपुरका चन्दले चकटपुरमै स्पाईस फेमिली रेष्टुरेष्टमा खानाका जुनसुकै परिकारहरुको नयाँ स्वाद चखाउन सकिने क्षमता राख्छन् । भारतका विभिन्न शहरका अन्तराष्टिय होटेल तथा रेष्टुरेन्टमा सेफको रुपमा काम गर्दै त्यहाँ सिकेको सीपलाई उनले आफ्नै देशमा लगाउँदै खानाका विभिन्न नयाँ परिकारको स्वाद धनगढीमा दिने प्रयास थालेका हुन् । 

४० बर्षीय नरेन्द्र विक्रम चन्दको आधा उमेर अर्थात २० बर्ष भारतमै वित्यो । वुवाको रोजगारी र भाईको पढाई भारतमै भएका कारण भारतको मुम्वई गएर सुरुवातका दिनमा होटेलमा पैसाको प्रवाह नगरी किचन ट्रेनी रुपमा कामको सुरुवात गरे । मुम्वईको १७ बर्षे वसाईमा उनी त्यहाँ खानाका परिकार वनाउने काममा दुई बर्षमै पोख्त वने । त्यसपछि नयाँ नयाँ परिकारहरु वनाउनतिर उनको ध्यान केन्द्रित भयो । उनको माग वढ्यो । त्यसपछि उनले पुनामा र वेङलोरमा पनि काम गरे । भारत छोडेर आउनु अघि उनलाई सवा एक लाख भारतीय रुपैयाँ अर्थात नेपाली एक लाख ८४ हजार रुपैयाँ मासिक पारिश्रमिक दिने भनिएको थियो । तर उनी त्यो पैसाभन्दा पनि आफ्नै ठाउँमा आएर केही गर्नुपर्छ भन्ने सोचेर घर फर्किदै धननगढीको चटकपुरमा स्पाईस फेमिली रेष्टुरेन्ट सञ्चालनमा ल्याए । 

रेष्टुरेन्ट सञ्चालन गरेको दुई बर्ष हुन लागेको छ । तर त्यसवाट सोचे जति आम्दानी नभए पनि खर्च चलिरहेकोमा उनी सन्तुष्ट नै रहेका छन् । नयाँ नयाँ स्वादका खानाका परिकार दिन सक्ने क्षमता चन्दसँग छ । कवाव, करी र मेक्सिकन खानाका परिकारमा निकै पोख्न उनले सवै खानाका परिकारहरु सामान पाएमा धनगढीमै वनाएर ग्राहकको सेवा गर्न सक्छन् । उनीसँगै काम गर्ने धेरै साथीहरु भारत छोडेर विदेश पनि गए । तर उनलाई वुढेसकालमा फर्किनुभन्दा समयमै फर्किएर आफ्नै ठाउामा केही गरौं भन्ने ईच्छा जाँग्यो । सन्ततिको भविष्यलाई पनि प्यारो मानेर उनी सोचेको भन्दा चाँडो घर फर्किए र आफ्नै रेष्टुरेन्ट सुरु गरेका हुन् । आफ्नो सीप आफ्नै ठाउँमा लगाउँदा त्यसको आनन्द नै वेग्लै रहेको उनी वताउँछन् । चन्दले अहिले आफ्नो सीपलाई होटेल म्यानेजमेन्ट पढिरहेका विद्यार्थीहरुलाई बाँडिरहेका छन् । उनलाई धनगढीका विभिन्न कलेजहरुले खानाका परिकारहरु वनाउनका लागि प्रशिक्षकको रुपमा बोलाईरहेका छन् । आफ्नो सीपलाई सवैलाई बाड्न पाउँदा उनी निकै सन्तुष्ट समेत भएका छन् । 

 

चन्दले रेष्टुरेन्ट सञ्चालन गरे पनि कामदार पाउन मुस्किल छ । त्यही भएर उनले अहिले उनले घर परिवारका सदस्यलाइ पनि तालिम  दिएर  सिकाइरहेका छन् । धेरै युवाहरु काम छैन भनेर विदेशिने गरेका छन् । तर चन्दको सुझाव छ– काम सानाे तिनो हुँदै कामलाई माया गर्न जानेमा जीवन चलाउनका लागि विदेशिनु पर्दैन । 

 

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस