सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा लागुऔषधसहित एकजना पक्राउ

२०७८ असार १३, ०६:५६ खबर संवाददाता

दार्चुला: दार्चुलामा लागुऔषधसहित एकजना पक्राउ परेका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ नायलमा ३६ वर्षीय महेशराज बिष्टलाई ७० ग्राम अवैध लागूऔषध चरेससहित आइतबार प्रहरीले पक्राउ गरेका हो।  

उनको पसल जाँच गर्नेक्रममा उक्त पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

पक्राउ परेका विष्टमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस