दार्चुलाको लेकम गाउँपालिकाले ल्याएन नीति कार्यक्रम, काग्रेसद्धारा विरोध
दार्चुला: दार्चुलाको लेकम गाउँपालिको आर्थिक वर्ष ०७८ ०७९ को नीति कार्यक्रम र बजेट ल्याउन सकेको छैन्। जिल्लाका ८ वटा स्थानीय तहले निर्धारित समय सीमाभित्रै नीति कार्यक्रम र बजेट गाउँ सभामा प्रस्तुत गरेपनि लेकम गाउँपालिकामा भने नीति कार्यक्रम र बजेट लयाउन नसकेको हो।
काग्रेसले विरोध गरेका कारण नीति कार्यक्रम र बजेट प्रस्तुत हुन नसकेको बताईएको छ। लेकम गाउँपालिकाले नीति कार्यक्रम ल्याउन छफफल चलाएकै बेला राजनीतिक दलहरुबीच विवाद उत्पन्न भएको थियो। गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित छन् भने कार्यपालिकामा बहुमत सदस्य नेपाली काग्रेसले जितेको छ। कार्यपालिकामा ११ सदस्य नेपाली काग्रेस र नेकपा एमालेका तीन जना सदस्य छन्।
स्थानीय तहका जनप्रतिनिधिले अन्तिम पटकको बजेट ल्याउन लागेको कारण दलहरुबीच विवाद बढेको हो। तर, लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले भने नीति कार्यक्रम र बजेट चाडै ल्याउने तयारी भईरहेको बताए। दलहरुबिच बजेट ल्याउनेबारे छलफल भईरहेको जनाईएको छ।