सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमगिरीले ल्यायो नेपालमै पहिलो पटक इयर कम्फर्ट सर्जिकल मास्क

२०७८ असार ११, १२:२७ खबर संवाददाता

धनगढी: हिमगिरी मास्क उद्योगले नेपालमै पहिलोपटक इयर कम्फर्ट सर्जिकल मास्क बजारका ल्याएको छ।

कोभिड १९को पहिलो लहर सुरु भएकै बेला हिमगिरिले देशभर फेश मास्क आपुर्ति गरेकोमा हाल सर्जिकल मास्क ल्याएको हो।

हिमगिरी मास्क उद्योगले समय सापेक्ष मानवीय स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेपालमै पहिलो इयर कम्फर्ट सर्जिकल मास्क मास्क उत्पादन गरेको जनाएको छ।

यो मास्क उच्च–गुणस्तरीय भएकाले कानको लागि एकदमै आरामदायी हुने बताईएको छ। मास्क बच्चा, वयस्क र सबै उमेर समुहका लागि उपयोगी मानिएका छ।

कमेन्ट लोड गर्नुस