ग्लोबल आइएमई बैंक टीकापुरद्वारा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण
२०७८ असार ११, ११:३८
धनगढी: ग्लोबल आइएमई बैंक टिकापुर शाखाले २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
बैंकले बिरेन्द्र विद्या मन्दिर मावि, टीकापुरको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको हो।
आर्थिक अवस्था कमजोर भएका उनीहरुलाई बैंकको सामाजिक उत्तरदायी कार्यक्रम अन्तर्गत जनही ५ हजार प्रदान गरेको शाखा प्रबन्धक प्रकाश भट्टले बताए। शुक्रबार दुवै विद्यार्थीका अभिभावकलाई बोलाएर रकम हस्तान्तरण गरेको उनले बताए।
दुवैलाई निरन्तर कक्षा १२ सम्म छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ।
कमेन्ट लोड गर्नुस