सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बालिकाको शव भेटियो

२०७८ असार १०, ०८:४२ खबर संवाददाता

धनगढी: बैतडीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बालिकाको शव भेटिएको छ।

जिल्लाको पाटन नगरपालिका –१ अड्तोलामा प्रहरी र स्थानीयको सहयोगमा ती बालिकाको शव भेटिएको प्रहरीले बताएको छ।

गत मंगलबार अपराह्न ४ बजे तिरको समयमा सोही नगरपालिका –१ कै सकारकी ११ वर्षीया नीतु विक नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी थिइन्। 
 

कमेन्ट लोड गर्नुस