सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय कविता महोत्सव बुधबार

२०७८ असार ८, ०७:१९ रासस

काठमाण्डौँ: नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव–२०७८ कोभिड–१९ का कारण बुधबार भर्चुअलरुपमा सञ्चालन गर्दैछ।

प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सवका अवसरमा आव्हान गरिएको पूर्व सूचनामा प्राप्त प्रतियोगी कवितामध्ये मूल्याङ्कन समितिको छनोटमा परेका ४१ कविता ४१ कविता वाचन हुनेछन्।

वाचनका लागि १० प्राप्ताङ्क कायम गरिएको तथा वाचनअघिको मूल्याङ्कनलाई वाचनको प्राप्ताङ्कमा योग गरी परिणाम घोषणा गरिने प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस