सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिदेखि सरकारीबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने

२०७८ असार ८, ०६:२८ खबर संवाददाता

काठमाडौं:  बुधबारदेखि सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरूबाट मात्रै कोभिड संक्रमितको निःशुल्क उपचार हुने भएको छ । 

सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पतालहरूलाई कोभिड अस्पताको सूचीबाट हटाएको छ। 

यसअघि कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरिएका अस्पतालहरूलाई आजसम्म अस्पताल भर्ना भई उपचाररत संक्रमितहरूको आजकै मितिले दस दिनसम्मको मात्रै सोधभर्ना रकम उपलब्ध गराउने पनि जनाएको छ। 

कमेन्ट लोड गर्नुस