सुदूर नेपाललाई विश्वसँग जोड्दै

नहुने भो देश विकास केही गरी(कविता)

२०७८ असार ८, ११:३७

आयो ४६ मा प्रजातन्त्र धेरै रक्तपातै नगरी
सारा नेपालीको इच्छा चाहना पूरा हुने झै गरी ।।

आशा, रहर र चाहना सबैका मनभरी
खुसी मनाए सबैले मणी नै पाएसरी ।।

हेर्दाहेर्दै पार्टी प्रवेशको लहर चल्यो, थाम्नै न सक्नेगरी
नारा, हल्ला र कुरा चले, चमत्कार नै हुन्छ भन्नेगरी ।।

भाषण, गीत र संगित चले, सम्पूर्ण देशैभरी
भोलि  बिहान उठ्दा देश नै फरक हुन्छ कि भन्नेगरी
यत्तिकैमा आयो ५२ मा द्वन्दको कालो बादल देशै ढाक्नेगरी
दश वर्षमा ल्यायो गणतन्त्र १७ हजार मर्नेगरी ।।

जति पार्टी जति नेता, त्यति कुरा थरी–थरी 
जनताका दुःखको, भारी सधै उनकै थाप्लो भरी 
कोही भने रातारात धनी भए, पत्याउनै न सक्नेगरी
कोही भने बाच्नै धौ–धौ जति काम गरेपनि ।।

७२/७३ मा आयो ठुलै संविधान, कायापलट गर्छ भन्नेगरी
झन न्यायालय कब्जामा गयो, उम्कनै न सक्नेगरी ।।

राजनीतिक बलात्कार हुँदैछ देशको, सहनै न सक्नेगरी
ठुलाबडा भनाउदाहरुको मनपरी, रोक्नै न सक्नेगरी

जागौं हे नेपाली हो, राष्ट्रियता जोगाउने गरी
नत्र देश रहदैँन अब, यिनको भरपरी ।।

-सुरेश थापा, डडेल्धुरा 

कमेन्ट लोड गर्नुस