सुदूर नेपाललाई विश्वसँग जोड्दै

१८ वर्ष भारतमा गरेको कामले स्वदेशमा आत्मनिर्भर

२०७५ कार्तिक ११, ११:१४ सीताराम ओझा

विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरेर आत्मनिर्भर वन्ने क्रम वढ्दै गएको छ । लामो समयसम्म तेस्रो मुलुक र अधिकांश भारतमा रोजगारी गर्दै स्वदेश फर्केर सीप प्रयोग गर्नेहरु वढ्दै गएका हुन् । १८ वर्ष भारतमा कपडा सफाईको काम गरेका डोटीको शिखर नगरपालिका वडा नम्वर १० वाण्डुरीसैनका ३५ बर्षीय तिकल बोहोराले धनगढीमा ३० लाखको लागतमा सुविधा सम्पन्न कपडा धुलाई सेन्टर सञ्चालनमा ल्याएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण डोटीको शिखर नगरपालिका वडा नम्वर १० वाण्डुरीसैनका तिलक बोहोरा कलिलो उमेरमै भारतको मुम्वई छिरे । कक्षा ५ को पढाई बिचमै छोडेर धन कमाउन गएका उनलाई उमेर कम भएको भन्दै काम नदिनेपछि जेठो बुबाको सहयोगमा कक्षा १० सम्मको अध्ययन भारतमै गरे । तर जेठो बुबाको निधन भएपछि हातमुख जोर्नका लागि काम नगर्नुको विकल्प थिएन् । त्यसपछि उनी मुम्बईमा रहेको एसियाकै ठुला खुल्ला कपडा सफाई स्थानमा काम गर्न थाले तर केही महिना काम गरेपछि रसायनले हातमा समस्या ल्याएपछि उनले त्यो काम चटक्कै छोडि दिए । 

अर्को काम खोज्ने क्रममा मुम्वईमा ६५ शाखा रहेको र दार्जिलिङका व्यवसायीले चलाएको चाईना गेट रेष्टुरेन्टमा काम पाए । गाडी चलाउन नआउने उनलाई गाडी चलाउन सिकाएपछि दुई बर्षसम्म चालकको रुपमा काम गरे । रेष्टुरेन्टका कपडाहरु धुनका लागि काहिर पढाउँदा धेरे महँगो पर्न थालेपछि रेष्टुरेन्ट सञ्चालकले कपडा सफाई कसले गर्ने भन्दा तिलकले आफुले विगतमा त्यो काम गरेको र कपडा सफाईको काम गर्न तयार रहेकोभन्दै त्यो काम गरे । कपडा सफाईकै काम सिकेपछि २३ हजार भारतीय रुपैयाँको मासिक पारिश्रमिकले नपुग्ने भएपछि उनी सन् २०१३ मा घर फर्किए । लगत्तै तीन वर्ष वढी वैदेशिक रोजगारीका लागि मलेसिया पुगे । गत चैतमा विदामा घर फर्किएपछि उनमा केही गर्ने सोच पलायो । भतिजा रमेश बलायरसँग ३० लाखको लगानी गर्दै गत साउन एक गतेदेखि धनगढीमा सुविधा सम्पन्न कपडा धुलाई सेन्टर सञ्चालनमा ल्याएका छन् । 

झण्डै ३० लाखको लगानीमा कपडा धुलाई र सफाई गर्ने मेसिन ल्याएर काका भतिजाले धनगढी चौराहमा सनलाईट लौन्ड्री तथा ड्राईक्लिनर्स सञ्चालनमा ल्याएका छन् । चार वटा मेसिनवाट सफाई र धुलाईको काम सुदुरपश्चिममा पहिलो पटक सञ्चालनमा ल्याएको तिलक बोहोराको दावी छ । आफुले सिकेको सीपवाट आफ्नै ठाउँमा काम गर्न थालेका उनले भारतमासँगै काम गर्ने श्याम रावतलाई फिर्ता बोलाएर रोजगारी समेत दिएका छन् । 

धेरै जना आफ्नो ठाउँमा काम गर्न लाज मानेर विदेशिरहेका छन् । वोहोरालाई पनि सुरुका दिनमा धोवीको काम गर्न थाले भनेर गिज्याउनेको कमि थिएन् तर उहाँले विदेशमा सिकेको सीपलाई आम्दानीको राम्रो माध्यम बनाएका छन् । उनको सुझाव छ– विदेश जानु हुँदैन, विदेश गएमा त्यहाँ सीप सिकेर आफ्नो ठाउँमा सीप अनुसारको काम गर्नुपर्छ । 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस