मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड विनियोजन गरेको छ।
सुदूरपश्चिमका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेशमा कृषि क्षेत्रको विकासका लागि सञ्चालन गरिएको मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यक्रमका लागि १६ करोड विनियोजन गरिएको बताए। उनी सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/०८९ को बजेट सार्वजनिक गर्दैछन्।