सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल दार्चुलाको ओपीडी सेवा बन्द, बिरामीलाई सास्ति

२०७८ जेठ २९, ०८:२६ खबर संवाददाता

धनगढी: जिल्ला अस्पताल दार्चुलाको ओपीडी सेवा बन्द हुँदा बिरामीलाई सास्ति खेप्नुपरेको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका -९ मा रहेको गोकुलेश्वर अस्पतालको समेत ओपीडी सेवा बन्द हुँदा बिरामीहरुले सास्ति खेप्नुपरेको हो।

यी अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भइरहेको जनाउँदै आकस्मिक र प्रसूतिबाहेकका उपचार सेवा बन्द गरिएको थियो।

जिल्ला अस्पतालको ओपीडी सेवा जेठ पहिलो सातादेखि र गोकुलेश्वर अस्पतालको ओपीडी सेवा गत वैशाख अन्तिम सातादेखि बन्द गरिएको बताइएको छ।


 

कमेन्ट लोड गर्नुस