सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक लाख बढीको अवैध सामान बरामद

२०७८ जेठ २८, ०४:५३ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा एक लाख बढीको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको लालझाडी गाउँपालिका -६ चानदेवबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका प्लास्टिक पाइप, युरिया मलखाद, चिनी र एक थान मोटरसाइकललगायतका १ लाख ५ हजार ५ सय मूल्य बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ।

बेवारिसे अवस्थामा फेला परेको सो सामान बरामद गरी आवशयक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस