सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३७४९ जना संक्रमित थपिए, ५९ जनाको मृत्यु

२०७८ जेठ २७, ०६:२८ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९  जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

हालसम्म  पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्।

तीमध्ये  ५ लाख १५ हजार ५९१  जना  निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पिसिआर र  ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  २ हजार ८७४  जना र एन्टीजेटमार्फत ८७५ जना संक्रमित पुष्टि भएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार २३८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९३ जना संक्रमित निको भएका छन्।

नेपालमा संक्रमित निको हुनेदर ८५ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमित निको भइसकेका छन्।

 

कमेन्ट लोड गर्नुस