बाजुरामा एक कोरोना संक्रमितको मृत्यु
धनगढी: बाजुरामा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
जिल्लाको गौमुल गाउँपालिका–६ घर भई हाल बडीमालिका नगरपालिका–९ मार्तडी बस्दै आएका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको बिहीबार बिहान ५ बजे जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। कोरोना संक्रमणबाट मृत्यु भएका उनी दमको बिरामी रहेका अस्पतालले जनाएको छ।
योसंगै जिल्लामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ।