सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जीप दुर्घटना

२०७८ जेठ २६, ०५:३१ खबर संवाददाता

दार्चुला:  दार्चुलामा जीप दुर्घटना भएको छ। जिल्लाको मार्मा गाउँपालिका–१ पारीबगरबाट अपि हिमाल गाउँपालिकाको खाद्यान्न लगेर हिँडेको सुपप्र ०१००१ज१३२१ नम्बरको जीप सेलीबिसा भन्ने स्थानमा दुर्घटनामा परेका हो। 

दुर्घटनामा परेका चालक बैतडीको दोगडाकेदार गाउँपालिका– ५ बस्ने वर्ष ३० का आनसिंह कार्की र जीप शाहु मार्मा गाउँपालिका–३ लटिनाथ बस्ने ५० वर्षीय धिरेन्द्र विष्ट सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

दुर्घटनापछि इलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरी टोलीले दुवैजनाको उद्दवार गरेको दार्चुला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए। 

दुर्घटनाबाट जीपको अगाडी र पछाडीको भागमा क्षति भएको उनले बताए।

कमेन्ट लोड गर्नुस