सुदूर नेपाललाई विश्वसँग जोड्दै

कारमा पेस्तोल बोकेर हिँडेका पुरुष पक्राउ

२०७८ जेठ २६, ११:२५ खबर संवाददाता

काठमाडौं: प्रहरीले कारमा पेस्तोल राखेर हिँड्ने एक जनालाई पक्राउ गरेको छ। 

मोरङको बेलबारीबाट कारमा पेस्तोल र गोली राखेर केराबारी पुगेका बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। 

उनको साथबाट एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद गरिएको छ। 

विशेष सूचनाका आधारमा पिछा गर्दै गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस