सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणमा लापरवाही

२०७५ कार्तिक ८, ०५:५३ सीताराम ओझा

सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिसँग जोडिएको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणमा निर्माण कम्पनीहरुको चरम लापरवाही देखिएको छ । निर्माणको काम अगाडी वढाउँदा त्यसको मापदण्ड विपरित र ईस्टिमेट अनुसार काम हुन सकेको छैन् । कालोपत्रे गर्नुअघि तयार पारिने सतहमा उम्रिएका घाँसहरु ननिकालेर ग्राबेल गर्ने काम भईरहेको छ भने नाली पनि एकनासको सहत मिलाएर भएको छैन भने सडकको बीचमा राख्नै नहुने खानेपानीका पाईप समेत विछ्याईएको छ । 

सुदूरपश्चिम प्रदेशको विकाश र समृद्धिसँग जोडिएको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको काम सुरु १६ महिनामा ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको अवस्थामा निर्माणको काममा लापरवाही भईरहेको छ । ०७६ जेठमा सक्नुपर्ने आयोजनाको हालसम्मको प्रगति हेर्दा आयोजनाको काम समयमै सम्पन्न नहुने पक्का भएका बेला तीन खण्डमा भईरहेको काममा मापदण्ड र ईस्टिमेट विपरित काम भईरहेको छ । विभिन्न पेटी ठेकेदार मार्फत विभिन्न कामहरु भईरहेका छन । ती कामहरु सडक निर्माण गर्नका लागि गर्नुपर्ने नियमहरु पुरा नगरेर भईरहेका छन् । पेटी ठेकेदार दलवहादुर विष्ट भने राम्रोकाम गरिरहेको वताउँछन् । 

कालोपत्रे गर्नुअघि तयार पारिने सतहमा उम्रिएका घाँसहरु ननिकालेर ग्राबेल गर्ने काम भईरहेको छ । नाली पनि एकनासको सहत मिलाएर भएको छैन भने सडकको बीचमा राख्नै नहुने खानेपानीका पाईप समेत विछ्याईएको छ । हाल रहेको सडकको दायाँ बाँया दुवैतिर माटो भरानको काम भईरहँदा त्यसमा घाँसहरु नहटाईकन नै फेरि त्यसको लेवल वनाउने काम भईरहेको छ । दुवै तिर निर्माण गरिएका नालीका ढक्नहरु प्नि कोही तल कोही माथि राखिएका छन् । केही ठाउँमा त सडकको वारपार नै हुने गरी खानेपानीका पाईप विछ्याईएको छ । त्यसको माथि सडक कालोपत्रे हुने र पाईप फुटेर सडक नटिक्ने अवस्था देखिँदा पनि निर्माण कम्पनीले यसतर्फ ध्यान नदिएको ६ लेन सडकको अनुगमन गरेपछि ैं प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले प्रतिक्रिया दिए । 

१ अर्ब ६८ करोड रुपैयाँ लागत रहेको आयोजनाको काम ३ खण्डमा विभाजन गरेर भईरहेको छ । धनगढीको भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४.२ किलोमिटर लम्बाइ रहेको सडकको चौडाइ ३२. २ मिटर रहनेछ । सडक निर्माणका क्रममा केही त्रुटी भएको आयोजना कार्यालयले पनि स्वीकार गरेको छ । यस्ता गल्तीहरुको सुधार गर्दै सडक निर्माणको काम अगाडी वढाउने आयोजनाका सवईन्जिनियर दिनेश ओझाले बताए ।  

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस