सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेढ वर्षपछि विमानस्थल सञ्चालनमा

। फोटो स्रोत ।
२०७५ कार्तिक ७, ०२:५९ खबर संवाददाता

पिच भएको डेढ वर्षपछि रुकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालनमा भएको छ। नेपाल वायु सेवा निगमले जहाजको र पाइलटको अभाव रहेको बताएपछि गएको वर्षको जेठ अन्तिम साताबाट चौरजहारी विमानस्थलको उडान बन्द गरिएको थियो। कालोपत्रे गरिएको सत्र महिनापछि फेरि उडान सुरु गरिएको हो। हप्ताको दुईदिन बुधवार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको निमित्त स्टेशन प्रमुख सुरेन्द्र नेपालीले बताए। 
   
 

कमेन्ट लोड गर्नुस